६ पुस २०८१, शनिबार

शेखर भन्छन्- नेपाली कांग्रेसलाई युग सुहाउँदो बनाउँछु


डा. शेखर कोइराला

धनगढी । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेसलाई युग सुहाउँदो बनाउने बताएका छन् । शनिवार नेपाल प्रजातान्त्रिक सेनानी सङ्घको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेसको १५ औँ महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने दाबी गरेका हुन् ।

उनले पार्टीभित्र एकता र सहकार्यलाई जोड दिइनुपर्ने र त्यसका लागि आफू नेतृत्व लिन तयार रहेको समेत बताए । उनले कांग्रेसको १५ औँ महाधिवेशन २०८२ भित्रै हुनुपर्ने, पार्टीको विधान अनुसार महाधिवेशन हुनुपर्नेमा जोड दिएका पनि छन् ।

कोइरालाले महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिने समेत बताए । उनले महाधिवेशनले नयाँ कार्यदिशा तय गर्ने भएकोले महाधिवेशन बेलैमा हुनु बताए । कांग्रेसलाई जोगाउन तथा लोकतन्त्रको सुदृढीकरण गर्नको लागि पनि महाधिवेशनको आवश्यक रहेको उनले बताए ।

पार्टीलाई एक ढिक्का बनाएर लैजानु अहिलेको आवश्यकता रहेको बताउँदै उनले त्यसका लागि प्रजातन्त्र सेनानीसहित जिल्लाका सबै साथीहरूले पहल गर्नुपर्ने बताए । उनले अब पार्टीभित्र कसैलाई अन्याय हुन नदिने भन्दै कार्यकर्तालाई आश्वस्त हुन आग्रह गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !