काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालले आदेश दिएसँगै आज शुक्रबार उनी साँझ रिहा भएका हुन् ।
रिहा भएपछि प्रसाईंले तस्करविरुद्धको आफ्नो लडाई जारी रहने बताएका छन् । उनले अदालतबाट आफूले न्याय पाएको बताए । उनले आफूले सर्वहारा वर्गको बोली भएको पनि बताउँदै तस्करहरूसँगको लडाइँ जारी रहने बताएका हुन् ।
प्रसाईंले भने, ‘यो मेरो जुन लडाइँ छ, तस्करहरूसँगको लडाइँ, यो जारी रहनेछ । यो लडाइँबाट दुर्गा प्रसाईं भाग्दैन । मेरो बोली भनेको सर्वहारा वर्ग, भुइँ मान्छेहरूको बोली हो, उत्पीडन वर्गको बोली हो । कम्युनिस्टहरूले बोल्ने बोली आज मैले बोल्नुपरेको छ ।’
प्रसाईँले सीआईबी र साइबर दुबैसँग आफ्नो नङ र मासुको सम्बन्ध भएको बताए । उनले अव आफ्नो राजनीतिक यात्रा सुरु भएको उल्लेख गरे । उनले आफ्नो जित भएको पनि बताए ।
यो पनि पढ्नुहोस्