७ पुस २०८१, आइतबार

जीबीसहित १९ जनाविरुद्ध आजै मुद्दा दर्ता, रवि र छविविरुद्ध दर्ता हुने


जीबी राई र रवि लामिछाने

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दायर भएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीबी राईसहित १९ जनाविरुद्ध आजै कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।

सहकारी ठगीमा उजुरी परेको १९ जनाविरुद्ध थप दाबी लिएर मुद्दा दायर भएको जिल्ला सरकारी वकिल कार्यालय कास्की स्रोतले जनाएको छ । तर सहकारी ठगी प्रकरणमै पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशीसहित ५ जनाविरुद्ध आइतबारमात्रै मुद्दा दर्ता हुने भएको हो ।

सहकारीको सम्पत्ति गोर्खा मिडियामा ल्याएर संगठित अपराध गरेको भन्दै पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछाने, पूर्वडीआईजीजोशीविरुद्ध अनुसन्धान गरेर प्रहरीले जिल्ला सरकारी वकिलमा प्रतिवेदन बुझाइसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !