७ पुस २०८१, आइतबार

एमाले-मीनबहादुर जग्गा दान रिट खारेज, भवन बनाउने बाटो खुल्यो


एमाले-मीनबहादुर जग्गा दान

काठमाडौं । सर्वोच्च अदालतले नेकपा (एमाले) लाई जग्गा दान दिने भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङको निर्णयविरुद्धको रिट खारेज गरिदिएको छ ।

आज सोमबार न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले जग्गा दानविरुद्ध दायर भएको रिट निवेदनलाई खारेज गरिदिएको हो ।

सर्वोच्च आज सोमबार रिट खारेज गरेसंगै एमालेलाई उक्त जग्गामा पार्टी कार्यालय बनाउने बाटो खुलेको छ । सर्वोच्चको यो फैसलासँगै अब एमालेले उक्त जग्गामा भवन निर्माण गर्ने कानुनी बाटो खुल्ला भएको हो ।

गुरुङबाट जग्गादान लिने एमालेको निर्णयलाई सर्वोच्चले कानूनसम्मत ठहर्याएको हो । अधिवक्ता ज्ञानबहादुर बस्नेतले गत कार्तिकमा जग्गा दान र भवन निर्माण रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

भाटभटेनी सुपर मार्केटका मालिक गुरुङले पार्टी कार्यालय बनाउन एमालेलाई १० रोपनी १४ आना जग्गा दान दिने घोषणा गरेका थिए । उक्त जग्गामा पार्टी कार्यालय बनाउने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास समेत गरेका थिए ।

गुरुङले कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरको जग्गा दान दिएका हुन् । तर सर्वोच्चमा रिट परेपछि भवन निर्माण रोकिँदै आएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !