८ पुस २०८१, सोमबार

राजनीति विचौलिया र दलालको हातमा छ, कांग्रेस-एमाले मुखौटामात्रै हुन् : प्रचण्ड


प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचौलिया र दलालहरूको हातमा देशको राजनीति भएको दावी गरेका छन् ।

राष्ट्रिय कर्मचारी महासंघको स्थापना दिवसलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशको राजनीति अहिले सरकारमा भएका राजनीतिक दलहरू नेपाली काँग्रेस र नेकपा (एमाले) को हातमा नभएको दाबी गरेका हुन् । उनले कांग्रेस र एमालेलाई विचौलियाहरुको मुखौटा मात्रै भएको बताएका हुन् ।

उनले भने, ‘अहिले सरकारमा भएका राजनीतिक दलका नेताको हातमा राजनीति छैन । उनीहरुको राजनीति विचौलिया र दलालको हातमा छ भन्ने कुरा प्रस्ट देखिएको छ । उनीहरु त खाली मुखौटामात्रै हुन् ।

उनले रातको अँध्यारोमा विचौलियाले आफ्नो घरमा लगेर अहिलेका सरकारमा रहेका दलका नेताहरूलाई उठबस गराएको पनि जिकिर गरे । उनले माओवादीप्रति जनताको भरोसा बढ्दै गएको भन्दै फेरि जनताको तागत देखाउनुपर्ने उल्लेख गरे ।

उनले भने, ‘विचौलियाहरुले घुमाएर रातको अँध्यारोमा आआफ्नो घर घुमाएर, नेताहरुलाई उठबस गराएर, नेताहरुलाई हामीले भनेको माने राख्छौं, नत्र राख्दैनौं भनेर गरिएका मुखौटाभन्दा बाहेक केही पनि देखिएन ।’

प्रतिक्रियावादी शक्तिहरुले संख्याको बल देखाएर आफूलाई सरकारबाट हटाएको भन्दै प्रचण्डले अब माओवादीले फेरि जनताको तागत देखाउन जनताको बीचमा गएर नयाँ अभियान चलाउने खुलासा गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !