काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गा खड्काको इजलासले आइतबार उनलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मिथ्या र गलत सामग्रीबारे दुष्प्रचार गरेको आरोपमा पक्राउ परेका उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।