काठमाडौँ । पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
आज आइतबार कास्की अदालत न्यायाधीश हिमलाल बेलबासेको इजलासले चार दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
सरकारी वकिल कार्यालयले उनलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएतापनि कास्की अदालत ४ दिनको मात्रै अनुमति दिइएको हो । जिल्ला अदालतले यसअघि दिएको म्याद शुक्रबार सकिएसँगै आइतबार फेरि म्याद थप गर्न लागिएको थियो ।
पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम गैरकानुनी रुपमपा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेको आरोपमा लामिछानेमाथि अनुसन्धान भइरहेको छ। उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण ऐनअनुसार अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ।
यता रास्वपाले आफ्ना सभापति लामिछानेको जीवन रक्षाको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ । रास्वपाले लामिछानेलाई चितवनबाट पोखरा लाने क्रममा व्यक्तिगत मानवअधिकार हनन भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको हो ।
यो पनि पढ्नुहोस्
रवि लामिछानेको जीवन रक्षाको माग गर्दै रास्वपाले दियो आयोगमा निवेदन