९ पुस २०८१, मंगलबार

राष्ट्रिय सहमतिमा शान्तिप्रक्रिया टुङ्ग्याइने छ : अध्यक्ष प्रचण्ड


अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक भएकाले सहमतिमा नै त्यसलाई निष्कर्षमा पुर्याइने बताएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन र नेपाल शिक्षक समाजबीच एकता घोषणा सभा तथा प्रथम राष्ट्रिय परिषद् बैठकमा उहाँले अन्तिम चरणमा पुगेको शान्तिप्रक्रियालाई टुङ्ग्याउन राष्ट्रिय एकता र सहमति अपरिहार्य भएको बताए ।

अध्यक्ष दाहालले अन्तिम चरणमा पुगेको शान्ति प्रक्रियालाई राष्ट्रिय समहतिबाटै टुंगोमा पुर्याउनुपर्छ”, उनले भने । एकता प्रक्रियामा जोडिएका शिक्षकलाई स्वागत गर्दै उहाँले यसले बृहत् एकताको बाटो फराकिलो बनाउने बताए ।

आफू प्रधानमन्त्री भएका बेला विद्यालय शिक्षा विधेयक संसद्मा दर्ता भएको जानकारी दिँदै उहाँले यसलाई पारित गराउन फेरि एकपटक सबैले बल गर्नुपर्नेमा जोड दिए । “विधेयक अझै पूर्ण नभएको भनी शिक्षक आन्दोलन भइहेको छ, शिक्षकका माग समेटेर संशोधित विधेयक संसद्को आउँदो अधिवेशनबाट पारित गर्नुपर्छ”, उनले भने । यो विधेयक पारित गराउन आफूले हरसम्भव प्रयत्नज गर्ने प्रतिबद्धता व्यक्त गरे ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन र शिक्षक समाजबीच एकता

सो अवसरमा माओवादी केन्द्रको विचारसँग सहमत भएका शिक्षकहरुको सङ्गठन एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन र नेपाल समाजवादी पार्टी निकट शिक्षक समाजबीच एकता घोषणा गरिएको छ । समाजका सबै तहका कमिटी सङ्गठनमा समाहित भएका छन् ।

सङ्गठनका अध्यक्ष शङ्कर अधिकारी र समाजका अध्यक्ष ठाकुरनाथ गौतमले एकता घोषणा गर्नुभयो । सो क्रममा दुवै सङ्गठनका केन्द्रदेखि स्थानीय तहसम्मका सबै कमिटीबीच एकता भएको घोषणा गरिएको थियो ।

सङ्गठनका अध्यक्ष अधिकारीले शिक्षका अधिकारका निम्ति एकता आवश्यक भएको बताए । समाजका अध्यक्ष गौतमले शैक्षिक आन्दोलनलाई अघि बढाउन एकताबद्ध पहलको खाँचो औँल्याए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !