१० पुस २०८१, बुधबार

कास्की पुगेर रविलाई भेटेपछि बाबुरामले भने – सरकारले रविमाथि प्रतिसोध साँध्यो


डा. बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि वर्तमान सरकारले प्रतिसोध साधेको बताएका छन् ।

प्रहरी हिरासतमा रहेका रास्वपा सभापति लामिछानेलाई कास्की पुगेर भेटेपछि संचारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिंदै पूर्वप्रधानमन्त्री भट्टराईले लामिछानेलाई विभिन्न ढंगले सरकारले एकपछि अर्को गरेर दु:ख दिने काम भइरहेको भन्दै आपत्ति समेत प्रकट गरेका छन् ।

उनले भने, ‘जुन ढंगले अहिले उहाँलाई विभिन्न ढंगले सरकारले एकपछि अर्को गरेर दु:ख दिने काम भइरहेको छ, यो अलि अस्वाभाविक र अन्यायपूर्ण भनेर मैले आफ्नो ऐक्याबद्धता जनाउनलाई यहाँ आएको हुँ र उहाँको स्वास्थ्य कतो छ भनेर पनि बुझ्न आएको हुँ, तर स्वास्थ्य नै हुनु हुँदोरहेछ । तैपनि यो प्रतिसोधपूर्ण भयो भनेर म बुझ्छु ।’

उनले अर्को प्रसंग कोट्याउदै भने, ‘अव अर्को पाटो चाहिँ सहकारीसम्वधी जुन समस्या छ, यसको जरो फेरि धेरै नै फैलिएको छ, जो जसले अहिले सत्तामा पटक-पटक रहेको त तीस वर्षदेखि पालैपालो, मुख्यतया: तीन दलका नेताहरु सत्तामा बसिरहेका छन्, तिनकै वरिपरि नै बढी अपचलन भइरहेको छ । त्यसैले यसको समस्या हाल नगर्ने हो भने र पचासौं लाख साना वचतकर्ताहरु मर्कामा परेका छन् । तिनीहरुको समस्या सामधान हुनुपर्यो तर अहिले यो कुरालाई अल्झ्याईराखेर त्यसलाई अन्यत्र नै विषयान्तर हुने त होइन ? कानूनले आफ्नो बाटो लियोस् ।’

डा. भट्टराई आज बिहान कास्की जिल्ला प्रहरी कार्यालय पुगेका थिए । लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ ।

लामिछानेलाई बुधबार मध्यरातमा चितवनबाट कास्की ल्याइएको भन्दै प्रहरीको आलोचना भइरहेको छ । हिरासतमा लामिछानेको अवस्थाबारे जानकारी लिन पूर्वप्रधानमन्त्री भट्टराई कास्की पुगेका हुन् ।

यससम्वन्धी भिडियो पनि हेर्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !