काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले १८ महिना सरकार चलाएपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने स्पष्ट पारेका छन् ।
आज चीन भ्रमणबाट फर्किएका प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुले प्रधानमन्त्रीको कार्यकाल कति लम्बियो भनेर सोधेको प्रश्नको उत्तर दिंदै आफूले १८ महिना सरकार चलाएपछि कांग्रेस सभापति देउवालाई सत्ता हस्तान्तरण गर्ने स्पष्ट पारेका हुन् ।
चीन भ्रमणमा जाने बेलामा सरकारको आयुबारे प्रश्न उठेको थियो। अब तपाईंको नेतृत्वको सरकारको आयु अलिक लम्बिएको हो? भन्ने सञ्चारकर्मीको जिज्ञासा राखेका थिए ।
प्रधानमन्त्री ओलीले भने, ‘अब १८ महिना म सरकार चलाउँछु, त्यसपछि शेरबहादुर देउवाजीलाई मैले हस्तान्तरण गर्छु । उहाँले डेढ वर्ष चलाउनुहुन्छ, चुनाव गराउनुहुन्छ ।’
उनले डेढ वर्षसम्म देउवाले सरकार चलाउने र २०८४ को चुनाव पनि उनैले गराउने ओलीको भनाइ छ । उनले आफूहरुबीच चुनावसम्मको मात्र सहमति भएको बताए ।
उनले आफू उत्तरतिर ढल्किएको भन्ने कुरामा कुनै सत्यता नभएको भन्दै दक्षिण भ्रमण पनि हुने बताए । भारतीय मिडियाहरु मित्रहरुलाई भड्काउने आक्षेप लगाउने कुरा गर्नु राम्रो नभएको उनको भनाइ छ ।