२० मंसिर २०८१, बिहीबार

चितवनमा रवि लामिछानेका समर्थक र प्रहरीवीच झडप


चितवनमा रवि लामिछानेका समर्थक र प्रहरीवीच झडप

काठमाडौँ । पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका समर्थक र प्रहरीवीच चितवनमा झडप भएको छ ।

लामिछानेलाई रिहाइ गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका रास्वपा कार्यकर्ता र प्रहरीवीचच झडप भएको हो । झडपका क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् ।

चितवनको चौविसकोटीबाट प्रदर्शन गर्दै अघि बढेको प्रदर्शन जिल्ला प्रहरी कार्यालय अघि पुगेपछि प्रहरीले रोक्न खोजेको थियो । प्रदर्शनकारीलाई रोक्न प्रहरीले पानीको फोहरा र अश्रुग्यास समेत प्रहार गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !