फाइल फोटो
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अचानक अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेल त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना भएका हुन् ।
राष्ट्रपति पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि शिक्षण अस्पताल भर्ना भएका हुन् । उक्त अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज बिहान उपचारार्थ भर्ना गरिएको हो ।
राष्ट्रपति पौडेल प्रोटेस्टसम्बन्धी समस्याको शल्यक्रिया गर्न आज अस्पताल भर्ना भएका हुन् । राष्ट्रपति पौडेलले विगत धेरै वर्षदेखि प्रोटेस्टको औषधि सेवन गरिरहेकोमा अहिले शल्यक्रिया नै गर्नुपर्ने भएकोले उपयुक्त समय छनोट गरेर उनको शल्यक्रिया गर्न लागिएको हो ।