१३ पुस २०८१, शनिबार

उपनिर्वाचन : मतदान सकियो, ६२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान


स्थानीय तहको उपनिर्वाचन

काठमाडौंं । उपनिर्वाचनअन्तगर्तको मतदानका लागि निर्धारण गरिएको समय सकिएको छ । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो ।

बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिइन् । प्रवक्ता अर्यालले आइबार भएको मतदानमा करिब प्रतिशत ६२ मत खसेको आयोगले प्रारम्भिक अनुमान गरेको बताइन् ।

नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ सहित ४१ पदका लागि आज मतदान भएको थियो । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्रगरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धी छन् ।

अधिकांश वडाहरूको मतपरिणाम आज राति १२ बजे नै आइसक्ने गरी गणना गरिने आयोगले जनाएको छ । एकमात्रै मतदान केन्द्र रहेका वडाको मतपेटिका अन्यत्र नलगी गणना हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !