काठमाडौँ । विभिन्न चार देशका राजदूहरूले शपथ लिएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेल विभिन्न देशमा नियुक्त भएका राजदूतहरूलाई शपथ गराएका हुन् ।
राष्ट्रपति पौडेलले आज बिहान शीतलनिवासमा आयोजित समारोहका बीच नेपालका लागि अमेरिका, जर्मनी, साउदी अरब र अष्ट्रेलियाका राजदूतलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
अमेरिकाका लागि लोकदर्शन रेग्मी, जर्मनीका लागि डा. शैल रुपाखेती, साउदी अरबका लागि नरेशविक्रम ढकाल र अस्ट्रेलियाका लागि चित्रलेखा यादवले राजदूतका रूपमा शपथ लिएका हुन् ।
शपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।












