काठमाडौँ । अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । प्रसाईंलाई प्रहरीले भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको हो ।
केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को टोलीले उनलाई पक्राउ गरेको हो । हिजो सोमबार मात्र प्रसाईंले ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
सामाजिक सन्जालमार्फत् अफवाह फैलाकोले प्रारम्भिक अध्ययन गर्ने उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई कानुनी दायरामा ल्याइएको बताएको छ ।
प्रसाईं यसअघि २०८१ साल असोज ६ गते आइतबार पक्राउ परेका थिए । विद्युतीय कारोबार ऐन अनुसारको कसुरमा नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले जिल्ला प्रहरी परिसर भक्तपुरको सहयोगमा यसअघि प्रसाईंलाई पक्राउ गरेको थियो ।
भिडियो हेर्नुहोस्
यो पनि पढ्नुहोस्