काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पूर्वसभामुख दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रधानन्यायाधीश राउतले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुगेर ढुङ्गानाप्रति श्रद्धाञ्जली प्रकट गरेका हुन् ।
वरिष्ठ अधिवक्ता समेत रहेका ढुङ्गानाको पार्थीव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शवगृहमा राखिएको स्वकीय डा. रुद्र शर्माले जानकारी दिए । ढुङ्गानाको भोलि अन्त्येष्टि पशुपति आर्यघाटमा गरिने शर्माले बताए ।
ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा आज दिउँसो १ः३० बजे उनको निधन भएको हो । मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवा ढुङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए ।