९ पुस २०८१, मंगलबार

पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति


लिलाबल्लभ अधिकारी

काठमडौं । कोसी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई अदालतले थप ७ दिन थुनामा राख्न अनुमति दिएको छ ।

आज काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालले उनीहरूलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् । मंगलबार अदालतले अधिकारीसहित ९ जनालाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

फर्जी कागजात बनाएर युवाहरूलाई जापानमा लुकाउने नियत राखेर ‘मानव तस्करी’ गरेको आरोपमा पूर्वमन्त्री अधिकारी, दावा शेर्पा, जनक राई, कञ्चन देवकोटा, महेश पाण्डे, वीरबहादुर सुनार, जुगल रिजाल, गुड्डी राई र नविन राई हिरासतमा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !