८ कार्तिक २०८१, बिहीबार

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति


रास्वपा सभापति लामिछानेलाई अदालत उपस्थित गराइयो

पोखरा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालत, कास्कीले अनुमति दिएको छ । सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री लामिछानेलाई अनुसन्धानका लागि आज थप ७ दिन म्याद थपिएको हो ।

जिल्ला अदालत, कास्कीका ६ नम्बर न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासले रविसहित पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशी र लिला पछाई‌लाई पनि थप ७ दिन म्याद थप्न अनुमति दिएको हो ।

सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दाका सम्बन्धमा लामिछानेलाई शुक्रबार काठमाडौँबाट पक्राउ गरी पोखरा ल्याइएको थियो ।

लामिछानेलाई पहिलो पटकको म्याद सकिएपछि आज पुनःअदालत उपस्थित गराइएको थियो । पूर्वप्रहरी नायब महानिरीक्षक जोशी सोही सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा छन् । पोखरामा लामिछानेका समर्थकका साथैै सहकारी पीडितका छुट्टाछुट्टै प्रदर्शनका कार्यक्रम जारी रहेकाले सुरक्षा व्यवस्थालाई कडा बनाइएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु