६ कार्तिक २०८१, मंगलबार

गण्डकीको वनमन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त


भेषबहादुर पौडेल

पोखरा । गण्डकीको वन मन्त्रीमा लमजुङका भेषबहादुर पौडेल नियुक्त भएका छन् । यसअघि स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले छोडेको सो मन्त्रालयमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पौडेललाई नियुक्त गरेका हुन् ।

योसँगै गण्डकी सरकारले पूर्णता पाएको छ । पौडेल कांग्रेसभित्र संस्थापन इतर समूह शेखर कोइराला निकट हुन् । पछिल्लो समय महामन्त्री गगन थापा निकट मानिएका उनलाई थापाकै जोडमा मन्त्री बनाइएको हो ।

आज सोमबार साढे ४ बजे उनले पद तथा गोपनीयताको शपथ लिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । मनाङेले भौतिकबाट वनमा सारेपछि मन्त्री पदबाटै राजीनामा दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !