६ कार्तिक २०८१, मंगलबार

पूर्वगृहमन्त्री लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति


रास्वपा सभापति लामिछानेलाई अदालत उपस्थित गराइयो

काठमाडौं । सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा पक्राउ परेका पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन म्याद थप भएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जिवी राई)सँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोपमा पक्राउ परेका लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा आज पेश गरिएको थियो ।

शुक्रबार काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई सोही दिन राति पोखरा पुर्याइएको थियो । शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आजमात्रै अदालतमा पेश गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !