२ कार्तिक २०८१, शुक्रबार

पूर्वगृहमन्त्री लामिछानेलाई पक्राउ गरी पठाइदिन कास्की प्रहरीको पत्राचार


रवि लामिछाने फाइल फोटो

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गरी पठाइिदन पत्र पठाएको छ ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि अदालतबाट पक्राउ पुर्जी जारी भएका रास्वपा सभापति लामिछानेलाई पठाइदिन कास्की प्रहरीको पत्राचार गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई सम्बोधन गर्दै ‘मानिस पक्राउ गरी पठाइदिने सम्बन्ध’ ब्योहोराको पत्र कास्की प्रहरीले पठाएको हो ।

लामिछाने पक्राउ गर्नका लागि कास्की जिल्ला अदालतले शुक्रबारकै अनुमति दिएको थियो । अदातलको अनुमति लगत्तै लामिछानेलाई पक्राउ गरी पठाउन पत्र आएको हो ।

लामिछानेसहित १४ जनाविरुद्ध एकैपटक पक्राउ पुर्जी जारी भएको हो । सहकारी ठगीमा अनुसन्धान गर्न रास्वपाका सभापति लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले शुक्रबार लामिछानेसहित १४ जनालाई पक्राउ गर्न अनुमति दिएको हो ।

पक्राउ पुर्जी जारी भएकाहरुमा रवि लामिछाने, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्त वावु राई, राम बहादुर खनाल, देवेन्द्र वावु राई, विज्ञान राई, ओम प्रकाश गुरुङ, विर बहादुर रानाभाट, दिपा न्यौपाने र कल्पना कुमारी श्रेष्ठ रहेका छन् ।

 कास्की प्रहरीको पत्राचार

यो पनि पढ्नुहोस्

रवि लामिछानेसहित १४ जनाविरुद्ध एकैपटक पक्राउ पुर्जी

रविलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली

पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

के रवि लामिछाने पक्राउ पर्न लागेका हुन् ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !