२ कार्तिक २०८१, शुक्रबार

विपक्षी दलको बैठकमा महन्थ सहभागी भएपछि गठबन्धनमा खैलाबैला


विपक्षी दल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको विपक्षी दलको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी भएपछि सत्ता गठबन्धनमा खैलाबैला मच्चिएको छ ।

वर्तमान सत्ता गठबन्धनकै साझेदार दलका अध्यक्ष विपक्षी दलको बैठकमा सहभागी हुनुले अव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारको आयू धेरै नभएको सहजै अनुमान लगाउन सकिन्छ ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न नयाँ वानेश्वरमा संसद भवनको लोस्से हलमा भएको बैठकमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) लगायत दलका नेताहरु उपस्थित छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !