२ कार्तिक २०८१, शुक्रबार

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम


सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुनको मूल्य एकैदिन २ हजार रुपैयाँले बढेर प्रतितोला एक लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनाएको हो ।

हिजो बिहीबारको रेकर्ड ब्रेक गर्दै छापावाल सुनले नयाँ रेकर्ड बनाएको हो । बिहीबार छापावाल सुन एक लाख ६२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य ३० रुपैयाँ बढेर एक हजार ९८० रुपैयाँमा करोबार भइरहेको छ । हिजो बिहीबार चाँदी प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !