२ कार्तिक २०८१, शुक्रबार

विपक्षी दलको निष्कर्ष : ओली सरकार असफल भयो, छठपछि आन्दोलन गर्छौं


विपक्षी दल

काठमाडौँ । संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान गठबन्धन सरकार असफल भएको निष्कर्ष निकाल्दै तिहार र छठ पर्व सकिए लगत्तै सरकारविरुद्ध सशक्त आन्दोलन गर्ने तयारी गरेका छन् ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदमबारे छलफल गर्न संसद् भवनको लोस्से हलमा भएको छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले ओली सरकार असफल भएकोले छठपछि आन्दोलन गर्ने तयारी गरेका हुन् ।

संसदमा प्रमुख ठूला दलहरु नेपाली कांग्रेस र एमालेको गठबन्धन सरकार बनेको कात्तिक १० गते सय दिन पुग्न लाग्दा विपक्षी दलहरूले सरकारले अहिलेसम्म गरेका कामको थप समीक्षा गरेर सदन र सडक आन्दोलनलाई सशक्त बनाउने तयारी गरेका हुन् ।

तीन महिनाको अवधिसम्म सुशासन, सामाजिक न्याय, समृद्धि र जनजीविकाको सवालमा पूर्ण असफल ओली सरकारले गरेका काम निराशाजनक रहेको उनीहरुले निष्कर्ष निकालेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !