३० आश्विन २०८१, बुधबार

संसदको विशेष अधिवेशन बोलाउन रास्वपाको अपिल


रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदको विशेष अधिवेशन बोलाउन अपिल गरेको छ । रास्वपाले प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन अपिल गर्दै सबै राजनीतिक दलहरुको ध्यानाकर्षण गरेको हो ।

आज बुधवार सो पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय जीवनका समसामयिक समस्याहरू तत्काल छलफल गर्न आवश्यक देखिएको भन्दै प्रतिनिधिसभाको विशेष अधिवेशनका लागि अपिल गर्दै राजनीतिक दलहरूको ध्यानाकर्षण गराएका हुन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले १०० दिन पूरा गरेलगत्तै रास्वपाले राष्ट्रिय जीवनका तमाम समसामयिक विषयहरुबारे तत्काल छलफल गर्न आवश्यक देखिएकाले प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन अपिल गरेका हुन् ।

रास्वपाले ओली नेतृत्वको सरकारले १०० दिन पूरा गर्नै लागेको भए पनि घोषित प्रतिबद्धता पूरा गर्नेतर्फ प्रारम्भिक सङ्केतसम्म देखाउन नसकेको उल्लेख छ ।आम नागरिकमा चरम असन्तुष्टि र उद्यमी व्यवसायीमा निराशा बढेको जनाउँदै विज्ञप्तिमा सरकारको अन्तर्राष्ट्रिय विश्वसनीयता समेत फितलो हुँदा द्विपक्षीय आर्थिक सम्बन्ध गत्यवरोध हुन थालेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !