३० आश्विन २०८१, बुधबार

नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले लिए शपथ


नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले लिए शपथ

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आइतबार दिउँसो आयोजित एक विशेष कार्यक्रमका वीच राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश राउतलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

यसअघि राष्ट्रपति पौडेलले आजै राउतलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए । संवैधानिक परिषद्को सिफारिससँगै केही दिनअघि संसदीय सुनुवाइ समितिले राउतको नाम अनुमोदन गरेपछि उनी आज प्रधानन्यायाधीश नियुक्त भएका थिए ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, उपसभामुख, मन्त्रीहरू, सर्वोच्च अदालतका न्यायाधीशहरू, संवैधानिक अंगका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !