३० आश्विन २०८१, बुधबार

राष्ट्रपति पौडेलद्वारा राउतलाई प्रधानन्यायाधीशमा नियुक्त


प्रकाशमानसिंह राउत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले राउतलाई आज आइतबार प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।

राष्ट्रियपति कार्यालयका सहायक प्रवक्ता बसन्त प्रसाद पन्थीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका न्यायाधीश राउतलाई नेपालको प्रधानन्यायाधीश पदमा नियुक्त गरेको जानकारी दिएका छन् ।

संवैधानिक परिषद्को सिफारिससँगै केही दिनअघि संसदीय सुनुवाइ समितिले राउतको नाम अनुमोदन गरेको थियो । राष्ट्रपति कार्यालयले नवनियुक्त प्रधानन्यायाधीशको आजै शपथग्रहण गराउने कार्यक्रम तय गरेको छ ।

यस्तो छ हेर्नुहोस् राष्ट्रपति कार्यालयले निकालेको प्रेस विज्ञप्ति

राष्ट्रपति कार्यालयले निकालेको प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !