६ आश्विन २०८१, आइतबार

एक थोपो रगत हुँदासम्म केपी ओलीसँग लड्छु : दुर्गा प्रसाईं


दुर्गा प्रसाईं

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एक थोपो रगत रहेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीसँग लड्ने चेतावनी दिएका छन् । प्रहरीले आफूलाई आफ्नो निजी निवास भक्तपुरबाट पक्राउ गर्दै गर्दा प्रसाईंले प्रधानमन्त्री ओलीसँग एक थोपो रगत भएसम्म लड्ने धम्की दिएका हुन् ।

पक्राउ गर्न पुगेका प्रहरीलाई प्रसाईंले भने, ‘पक्रेजस्तो नगर्नुस् न । भ्रष्टाचारीलाई जस्तो नगर्नुस् न ! एक थोपो रगत हुँदासम्म केपी ओलीसँग लड्छु क्या !’

प्रसाईंविरुद्ध एक महिलाले ब्युरोमा उजुरी दिएपछि विद्युतीय कारोबार ऐन अनुसारको कसुरमा नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले जिल्ला प्रहरी परिसर भक्तपुरको सहयोगमा आज आइतबार प्रसाईंलाई पक्राउ गरेको थियो ।

उनीबिरुद्ध पक्राउ पूर्जी जारी भएपछि प्रहरीले प्रसाईंलाई भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो । घरको गेट नै नखोलेपछि कम्पाउण्ड नाघेरभित्र प्रवेश गरेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

साइबर ब्यूरोमा उनीविरुद्ध जाहेरी परेपछि जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । गएको बुधबार प्रसाईंसहित जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो ।

यस सम्वन्धी भिडियो पनि हेर्नुहोस्

यो पनि पढ्नुहोस् 

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !