१२ आश्विन २०८१, शनिबार

नेकपा एसको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित


राजेन्द्र पाण्डे फाइल फोटो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छन् । अर्का उम्मेदवार घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे निर्विरोध भएका हुन् ।

यद्यपि निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ । १८ सदस्यीय पदाधिकारीको व्यवस्था भएको एकीकृत समाजवादीमा हाल अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी मात्र छन् ।

आज वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष तथा पोलिटब्युरो सदस्य चयन गरिंदैछ । एकीकृत समाजवादीमा ३४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ ।

केन्द्रीय कमिटी सदस्यहरुले पदाधिकारी र पोलिटब्यरो चयन गर्न लागेका हुन् । अध्यक्ष र महासचिव सर्वसम्मत गरेको नेकपा एसले पदाधिकारी र पोलिटब्युरो सदस्य मतदानबाट टुंग्याउन लागेको हो ।

केन्द्रीय सदस्य मतदाता हुने निर्वाचनबाट अब ६ उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिव चुनिने छन् । त्यस्तै १०५ जना पोलिटब्युरो सदस्य निर्वाचित हुने छन् । अन्य पदका लागि दिउँसो २ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !