४ मंसिर २०८१, मंगलबार

एमालेका प्रदेशका इन्चार्जको जिम्मेवारी हेरफेर


एमाले सचिवालय बैठक

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) ले पाँच प्रदेशका इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ । आज बिहीबार हनुमानस्थानस्थित होटेल बसेरामा बसेको सचिवालय बैठकले ती प्रदेशका इन्चार्जको जिम्मेवारी हेरफेर गरेको हो ।

एमाले महासचिव शंकर पोखरेलका अनुसार कोसी प्रदेशमा शेरधन राई, मधेसमा लीलानाथ श्रेष्ठ, वाग्मतीमा राजन भट्टराईलाई जिम्मेवारी दिइएको छभने लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएका छन् ।

पार्टी सचिव अर्याल लुम्बिनी र भट्ट सुदूरपश्चिम प्रदेश इन्चार्ज रहेका बाहेक अरु प्रदेश इन्चार्ज फेरेर नयाँ इन्चार्ज तोकिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !