काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) का उपाध्यक्षमा गुरु बराल मनोनीत भएका छन् । आज बिहीबार होटल बसेरामा बसेको सचिवालय बैठकले बराललाई उपाध्यक्षमा मनोनीत गरेको हो ।
तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङको निधनपश्चात् उक्त पद रिक्त थियो । नेम्वाङको निधनपछि उक्त रिक्त स्थानमा बराललाई मनोनीत गरिएको हो ।
एमाले स्थायी कमिटी सदस्यमा मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई मनोनयन गरिएको छ । सचिवालय बैठकबाट १७ जनालाई केन्द्रीय सदस्यमा समेत मनोनयन गरिएको छ ।