२२ भाद्र २०८१, शनिबार

टीआरसी कार्यदलको बैठक निष्कर्षविहीन, अर्को बैठक फेरि बस्ने


टीआरसी कार्यदलको बैठक

काठमाडौँ । संक्रमणकालीन न्यायसँग सम्बन्धी विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक सकिएको छ । सिंहदरवारस्थित गृहमन्त्रालयमा आज बसेको बैठक फेरि बस्ने गरी निष्कर्षविहीन टुंगिएको हो ।

आजको बैठकले सरोकारवालासँग थप छलफल गरेर सोमबार बस्ने कार्यदलको सदस्य जनार्दन शर्माले जानकारी दिए । शर्माका अनुसार कानुन सचिव, आयोगका सचिव, महान्यायाधिवक्ता, कानुन मन्त्री लगायतको सहयोग लिइनेछ ।

गत बुधबार बसेको बैठकमा कार्यदल सदस्यले मिल्न बाँकी विषयमा आ–आफ्नो दलमा छलफल गरेपछि मात्र पुनः संयुक्त छलफल गर्ने सहमति भएको थियो ।

असार १३ गते कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफलले कार्यदल बनाएको कार्यदलमा कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादीबाट जनार्दन शर्मा सदस्य रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !