२२ भाद्र २०८१, शनिबार

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्य नियुक्त


चेतनारायण आचार्य

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले आज सोमबार आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा १६८ उपधारा २ बमोजिम आचार्यलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । आचार्यले नेपाली कांग्रेसको समर्थनमा आजै ५६ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

आचार्यलाई एमालेका २९ र कांग्रेसका २७ गरी ५६ सांसदको समर्थन छ । एमाले समर्थन फिर्ता लिएपछि नेकपा (माओवादी केन्द्र) बाट मुख्यमन्त्री बनेका जोखबहादुर महराले आइतबार राजीनामा दिएका थिए ।

प्रदेश संसदीय दलको नेता लीला गिरी भएपनि एमालेले उपनेता आचार्यलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको थियो । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । प्रदेश सभामा एमालेका २९ र कांग्रेसका २७ सांसद छन् ।

 

चेतनारायण आचार्य


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !