२ कार्तिक २०८१, शुक्रबार

प्रतिनिधिसभा बैठकमा पुष्पलाल श्रेष्ठको योगदानबारे चर्चा


सूर्यबहादुर थापा क्षेत्री

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता स्व. पुष्पलाल श्रेष्ठको योगदानबारे चर्चा गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद सूर्यबहादुर थापा क्षेत्रीले पुष्पलालले नेपालको राजनीतिक र सामाजिक क्षेत्रमा पु¥याएको योगदान उल्लेखनीय रहेको बताए । नेपालको लोकतान्त्रिक आन्दोलनका महत्वपूर्ण हस्ती, कम्युनिष्ट आन्दोलनका सुरुआतकर्ता पुष्पलालको ४६औँ स्मृति दिवसका अवसरमा सांसद् क्षेत्रीले पुष्पलाललाई विभिन्न आयामबाट सम्झिनुपर्ने बताए ।

सांसद जनार्दन शर्माले प्राकृतिक विपत्तिले देश आक्रान्त बनाएको र भूकम्पले चिरा पारेका बस्ती बाढीको चपेटामा परेको देशभरीका बाढी प्रभावित परिवार जोखिममा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद रोशन कार्कीले मधेसमा पछिल्लो समयमा आपराधिक गतिविधि बढ्दै गएकामा सरकारको ध्यानाकर्षण गराए । “सर्लाही जिल्लामा एकजनाको हत्या भएको छ, त्यस घटनाबारे निष्पक्ष छाबिन गरी सत्य पत्ता लगाई दोषीमाथि कारबाही गर्न म सरकारसँग आग्रह गर्दछु”, उनले भने । सांसद कार्कीले संसद् सचिवालयमा करारमा र ज्यालादारीमा रहेका करिब ५० कर्मचारीको जागिर खोसिएकामा सरकारको ध्यानाकर्षण गराए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !