२२ भाद्र २०८१, शनिबार

जनमतले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने


जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले गणतन्त्रप्राप्तिपछि देशको विकासले फड्को मारेको बताएका छन् । गणतन्त्र दिवस–२०८१ को अवसर पारेर

काठमाडौँ । जनमत पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ । पार्टीको आजको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए ।

उनका अनुसार नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको साझेदारीमा गठन भएको वर्तमान सरकारले मधेस प्रदेशमा आफ्नो पार्टी नेतृत्वको सरकारलाई समर्थन गरेकाले सङ्घीय सरकारका प्रधानमन्त्रीलाई विश्वातको मत दिने निर्णय गरिएको हो ।

जनमतको नेतृत्वमा कांग्रेस, एमाले, लोकतान्त्रिक समाजवादी (लोसपा)सहित मधेस प्रदेश सरकारले बिहीबार पूर्णता पाइसकेको छ । “हाम्रो पार्टीको सुरुदेखिनै प्राथमिकतामा मधेस प्रदेश सरकार थियो । प्रदेशमा जनमतको नेतृत्वलाई कांग्रेस र एमालेले समर्थन गरेकाले सङघीय सरकारलाई समर्थन गरेर जाने पार्टीको स्पष्ट नीति छ”, प्रवक्ता यादवले भने ।

प्रतिनिधिसभामा जनमत पार्टीका छ सांसद छन् ।

प्रधानमन्त्री ओलीले नेपालको संविधान बमोजिम यही साउन ६ गते (आइतबार) प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !