काठमाडौं । बरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई आज महान्यायाधिवक्ता पदमा नियुक्त गरेका हुन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था अनुसार नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम बडाललाई नियुक्त गरेको कार्यालयले जनाएको छ ।
काठमाडौँ महानगरपालिका–७ चाबहिल निवासी बडाल यसअघि पनि महान्यायाधिवक्ता भइसकेका व्यक्ति हुन् । बडाल यसअघि ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता भएका थिए ।