११ आश्विन २०८१, शुक्रबार

राष्ट्रपतिद्वारा महान्यायाधिवक्ता पोखरेलको राजीनामा स्वीकृत


डा. दिनमणि पोखरेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलको राजीनामा स्वीकृत गरेका छन् । राष्ट्रपति पौडेलसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत महान्यायाधिवक्ता डा. पोखरेलले महान्यायाधिवक्ताको पदबाट दिएको राजीनामा स्वीकृत भएको हो ।

राष्ट्रपतिको कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै लेखेकी छन्, ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यू मार्फत महान्यायाधिवक्ता डा. दीनमणी पोखरेलले महान्यायाधिवक्ताको पदबाट दिनु भएको राजीनामा स्वीकृत भएको छ ।’

यस्तो छ हेर्नुहोस् राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्ति

यस्तो छ हेर्नुहोस् राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !