२ कार्तिक २०८१, शुक्रबार

नवनियुक्त प्रधानमन्त्री ओलीले गरे पदभार ग्रहण


नवनियुक्त प्रधानमन्त्री ओलीले गरे पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार पुगेर प्रधानमन्त्री ओलीले पदभार ग्रहण गरेका हुन् ।

राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि प्रधानमन्त्री ओलीले लैनचौरस्थित सहिदहरुको शालिकमा माल्यार्पण गरेका थिए । सहिदहरुको शालिकमा माल्यार्पण गरे प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टीका तीन शीर्ष नेताको तस्बिरमा माल्यार्पण गरेका छन् ।

ललितपुरको च्यासलस्थित नेकपा (एमाले) को केन्द्रीय कार्यालय पुगि उनले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठ, एमालेका पूर्वअध्यक्ष मनमोहन अधिकारी तथा पार्टीका तत्कालीन महासचिव मदन भण्डारीको तस्बिरमा माल्यापर्ण गरेका हुन् ।

राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा, ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल कांग्रेस र एमालेबीच यही असार १७ गते भएको सहमतिसँगै अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !