२२ भाद्र २०८१, शनिबार

नवनियुक्त प्रधानमन्त्री ओलीको सपथ आज हुँदै


केपी शर्मा ओली

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ आज हुँदै छ । नवनियुक्त प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ आज बिहान ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवास हुन लागेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (एमाले) का अध्यक्ष ओलीलाई हिजो प्रधानमन्त्री नियुक्त गरेका थिए । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेको हुन् ।

राष्ट्रपति पौडेलले कानुनविद्हरूसँग परामर्श गरेपछि नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेसंगै कांग्रेस र एमालेसहितको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त भएका हुन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार शुक्रबार ढलेको थियो । विश्वासको मत लिने प्रस्ताव शुक्रबार प्रतिनिधिसभामा बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री प्रचण्ड स्वतः पदमुक्त भएसंगै प्रचण्ड नेतृत्वको सरकार ढलेको थियो ।

प्रधानमन्त्री नियुक्त भएसँग ओलीले मन्त्रिपरिषद् गठनको तयारीमा जुटेका छन् । मन्त्रीको नाम टुंगो लागेपछि छिट्टै मन्त्रिपरिषद् विस्तार हुने नेताहरूले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !