२ कार्तिक २०८१, शुक्रबार

प्रधानमन्त्रीमा एमाले अध्यक्ष ओलीद्वारा दावी पेश


प्रधानमन्त्रीमा एमाले अध्यक्ष ओलीद्वारा दावी पेश

काठमाडौँ । संसदका ठूला दुई राजनीतिक दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले) ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दाबी पेश गरेका छन् ।

राष्ट्रपति पौडेलले नयाँ सरकार गठन गर्न संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई आह्वान गरेसंगै उनीहरु आजै शीतलनिवास पुगेर एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउन दावी पेश गरेका हुन् ।

राष्ट्रपति पौडेलले आजै शुक्रबार राति नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि असार ३० गते आइतबार बेलुका ५ बजेसम्म दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीको दाबी पेस गर्न आह्वान गरेका थिए ।

संविधानको धारा ७६ को उपधारा २ बमोजिम काँग्रेसका ८८ जना र एमालेका ७८ जना गरी १६६ जना संसदको समर्थनमा एमाले अध्यक्ष ओलीले राष्ट्रपति पौडेलसमक्ष आफूलाई प्रधानमन्त्री नियुक्त गर्न दावी पेश गरेका हुन् ।

राष्ट्रपति पौडेलले कानुनविद्हरूसँग परामर्श गरेपछि नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेसंगै कांग्रेस र एमालेसहितको समर्थनमा अब एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त हुने भएका छन् ।

प्रधानमन्त्रीमा एमाले अध्यक्ष ओलीद्वारा दावी पेश


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !