२२ भाद्र २०८१, शनिबार

नयाँ सरकार गठनको दाबी पेश गर्न कांग्रेस-एमाले नेताहरु शीतलनिवासमा


राष्ट्रपति कार्यालय

काठमाडौँ । संसदका ठूला दुई राजनीतिक दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरु आजै नयाँ सरकार गठनका लागि दाबी पेश राष्ट्रपति निवास शीतल निवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठन गर्न संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई आह्वान गरेसंगै उनीहरु आजै शीतलनिवास गएका हुन् ।

राष्ट्रपति पौडेलले आज शुक्रबार राति नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि असार ३० गते आइतबार बेलुका ५ बजेसम्म दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीको दाबी पेस गर्न आह्वान गरेका थिए ।

राष्ट्रपति पौडेलले कानुनविद्हरूसँग परामर्श गरेपछि नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेसंगै कांग्रेस र एमालेसहितको समर्थनमा अब एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु