१८ पुस २०८१, बिहीबार

सरकार कामचलाउ भएको राष्ट्रपति कार्यालयद्वारा जानकारी


राष्ट्रपति कार्यालय

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत नपाएपछि सरकार कामचलाउ भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै अर्को सरकार गठन नभएसम्म यही सरकार कामचलाउ सरकारका रुपमा रहने उल्लेख गरेकी हुन् ।

प्रचण्डले आज शुक्रबार प्रतिनिधिसभाको बैठकमा विश्वासको प्राप्त गर्न नसकी विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएर प्रधानमन्त्रीबाट स्वत: पदमुक्त भएका छन् ।

प्रधानमन्त्री पदमुक्त भएपनि अर्को सरकार गठन नभएसम्म नेपालको संविधानको धारा ७७ को उपधारा ३ बमोजिम कामचलाउ सरकारको रुपमा रहने संवैधानिक व्यवस्था रहेको छ ।

सरकार कामचलाउ भएको राष्ट्रपति कार्यालयद्वारा जानकारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !