४ मंसिर २०८१, मंगलबार

१८ महिनापछि खुमलटार फर्किए प्रचण्ड


१८ महिनापछि खुमलटार फर्किए प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ खुमलटारको आफ्नो निजी निवास फर्किएका हुन् । प्रधानमन्त्रीबाट पदमुक्त भएसंगै निवर्तमान प्रधानमन्त्री प्रचण्ड १८ महिनापछि खुमलटारको आफ्नो निजी निवास फर्किएका हुन् ।

शीतलनिवासमा निवर्तमान प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई आफूले संसदबाट विश्वासको मत नपाएको अवगत गराएको बुझिएको छ । राष्ट्रपति पौडेलसँग लगभग ८-१० मिनेट कुराकानी गरेर प्रचण्ड शीतलनिवासबाट बाहिरिएका थिए ।

उनी शीतल निवासबाट प्रधानमन्त्री निवास बालुवाटार नगइ सिधै आफ्नो निजी निवास खुमलटार गएका हुन् । विश्वासको पद नपाएर पदमुक्त भएलगत्तै संघीय संसद भवन नयाँ वानेश्वरबाट सोझै राष्ट्रपति पौडेललाई भेट्न प्रचण्ड शीतलनिवास पुगेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !