४ मंसिर २०८१, मंगलबार

ढल्यो प्रचण्ड नेतृत्वको सरकार


प्रधानमन्त्री प्रचण्ड सिंहदरवार मन्त्रिपरिषद बैठकमा फाइल फोटो

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलेको छ । विश्वासको मत लिने प्रस्ताव आज शुक्रबार प्रतिनिधिसभामा बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री प्रचण्ड स्वतः पदमुक्त भएसंगै प्रचण्ड नेतृत्वको सरकार ढलेको हो ।

प्रधानमन्त्री प्रचण्डले संघीय संसदको प्रतिनिधिसभाबाट विश्वासको मत पाउन नसकेका हुन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत भएको हो ।

आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भनी प्रधानमन्त्री प्रचण्डले राखेको प्रस्तावको पक्षमा ६३ मत पर्‍यो भने प्रस्तावको विपक्षमा १९४ मत परेको छ । बैठकमा उपस्थित २५८ सांसदमध्ये १ जना तटस्थ बसे ।

प्रस्तावको पक्षमा परेको ६३ मत प्रतिनिधिसभामा कायम रहेको सदस्य संख्याको बहुमत कायम नभएकाले अस्वीकृत भएको सभामुख देवराज घिमिरेले घोषणा गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !