काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्न सिफारिस गरेको छ ।
रास्वपाको अनुशासन समितिले ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्न सिफारिस गरेपछि यसबारे निर्णय गर्न केन्द्रीय समिति बैठक जारी रहेको छ ।
अस्वाभाविक हर्कत र पार्टी हितविपरितको गतिविधि गरेको भन्दै गत बुधबार बसेको केन्द्रीय समितिले ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो । जसअनुसार थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो ।