काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज शुक्रबार बसेको जसपाको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
यस्तै जसपाबाट सरकारमा रहेका मन्त्रीहरूले राजीनामा पनि दिएका छन् । सरकारमा जसपाका दुई जना मन्त्री र एक जना राज्यमन्त्री रहेका छन् । नेपाली कांग्रेस र नेकपा (एमाले) वीच सत्ता सहकार्य गर्ने सहमति भएपछि जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरुले पनि राजीनामा दिएका हुन् ।