३ मंसिर २०८१, सोमबार

प्रधानमन्त्रीलाई दीर्घकालीन असर पर्ने काम नगर्न एमालेको चेतावनी


नेकपा (एमाले)

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दीर्घकालीन असर पर्ने काम नगर्न चेतावनी दिएको छ । एमाले महासचिव शंकर पोखरेलले आज बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डलाई कुनैपनि काम नगर्न र नगराउन ध्यानाकर्षण गराएका हुन् ।

संघीय संसद्का दुई ठुला दल एमाले र नेपाली कांग्रेसवीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति भइसकेकोले एमाले सरकारबाट समेत फिर्ता भएर सरकार अल्पमतमा परेकोले प्रधानमन्त्री प्रचण्डलाई चेतावनी दिएको हो ।

एमाले र कांग्रेसबीच नयाँ सरकार गठन गर्ने सहमति भइसकेको छ । यता प्रधानमन्त्री प्रचण्डले भने प्रधानमन्त्री पदबाट राजीनामा नदिएर विश्वासको मतको सामना गर्ने बताएका छन् ।

यस्तो छ हेर्नुहोस् एमालेले निकालेको विज्ञप्ति

एमालेले निकालेको विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !