२० असार २०८१, बिहिबार

राष्ट्रिय सहमतिको सरकार बनाउने कांग्रेसको निर्णय


केन्द्रीय कार्यसमिति बैठक फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा आज बसेको काँग्रेसको कांग्रेस पदाधिकारीको बैठकले राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय गरेको हो ।

देशमा राजनीतिक स्थायित्व, आर्थिक स्थिति सुधार र संविधान संशोधनमार्फत वर्तमान राजनीतिक व्यवस्थाको रक्षाका लागि एमालेसँग सहमति गरेर राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय गरिएको बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

महतले सभापति देउवा र एमाले अध्यक्ष ओलीले हिजो सोमबार राति राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेको र भेटमा संविधान संशोधनको विषयलाई लिएर आयोग बनेको भन्नेमा कुनै सत्यता नभएको प्रष्ट समेत पारे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !