२० असार २०८१, बिहिबार

नयाँ गठबन्धनमा सहभागी नहुने रास्वपाको निर्णय


राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाली कांग्रेस–नेकपा (एमाले)को नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । आज मंगलबार बिहान सिंहदरबारमा बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

उनले नयाँ गठबन्धन देश र जनताको हितमा नरहेको भन्दै यसले देशलाई राजनीतिक स्थायित्व पनि नदिने बैठकले निष्कर्ष निकालेको बताए । अर्को सरकारको प्रक्रिया अघि बढाइएपछि आफूहरू मन्त्रिपरिषद्‌बाट बाहिरिने उनले बताए ।

आफूहरूले गरिरहेको कामका कारण गठबन्धन परिवर्तन भएको उनले जिकिर गरे । पछिल्लो घटनाले राजनीतिक स्थायित्व नदिने उनको दावी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !