२० असार २०८१, बिहिबार

प्रधानमन्त्रीबाट राजीनामा दिने वा नदिने छलफल गर्न प्रचण्डले बोलाए पदाधिकारी बैठक


माओवादी पदाधिकारी बैठक फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दै छ । आज बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भएको हो ।

बैठकमा कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्न भएको सहमतिका विषयमा छलफल हुने भएको छ ।

कांग्रेस र एमालेबीच सरकार गठन गर्ने सहमति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीबाट राजीनामा दिने वा विश्वासको मत लिने भन्ने विषयमा पनि बैठकमा छलफल हुने स्रोतले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !